Tuesday, April 21, 2009

अख्तियारको कन्तविजोक

अख्तियारको कन्तविजोग काठमाडौं । नेपालमा अहिले नयाँ नेपालको ढोल पिटिएपनि मुलुकमा व्याप्त भ्रष्टाचारको जराले नराम्रोसँग हाम्रो समाजमा गाँजेको छ । भ्रष्टाचारको समाचार जताततै व्याप्त छ । आम साचारमा यसले ठूलै स्थान लिएको पाइन्छ । यसो हुँदा हुदैपनि सरकाले भ्रष्टचार नियन्त्रणमा कनै सिन्को भाँचोका पाइदैन यो आम नेपालीहरुको लागि दुःखद कुरा हो ।
भारत लगायत चीनमा समेत भ्रष्टाचार उन्मुलनको लागि सरकारले ठूलै लगानी गरेको पाइन्छ । भारतमा कुनैपनि भ्रष्टचारको मुद्दालाई सि।बी।आइ। ले लिएमा त्यसको निष्पक्षरुपमा छानवीन हुन्छ । भनौं नेपाली उखानका बमोजिम दुधको दुध र पानीको पानी छुट्याउछ । यसमा सबैको विश्वास पनि छ । भारतीय सरकारले यसप्रति कनैपनि आग्रह र अनुग्रह राख्दैन । यसमा सरकारले कुनैपनि हस्तक्षेप गर्दैन । सी।बि।आई।sाे इमान्दारीता र सरकारको पूर्ण जिम्मेवारी दिने यो कदमलाई भारतमा मात्र नभएर यसको चर्चा विश्वभरिनै गरेको सुनेर हाम्रो सरकारले पनि यसलाई अङ्किार गर्नुपर्ने हो । राम्रो कुरा र पद्धतिलाई आफ्नो देशमा पनि लागू गर्नका लागि कुनै हिच्किचाहट नगर्दा नै राम्रो हुन्छ । यसलाई सबै जनताले साथ र सहयोग गर्ने कुरामा कुनै शंका छैन । हाम्रो देशमा प्रधानमन्त्री मन्त्री नेता र उच्च कर्मचारी वृत्तहरु दिनदिनै विदेशमा भ्रष्टचार विरुद्धको सभा सम्मेलनमा भाग लिन गएपनि त्यहाँको उपलब्धिहरुलाई हाम्रो देशमा लागू गर्न लजाए जस्तै देखिन्छन् ।
देश विकासको लागि पहिलो खुड्किुलो भन्नु नै भ्रष्टचारमुक्त समाजको निर्माण गर्नु हो भन्ने कुरालाई सरकारले विस्रन हुदैन । यसो हुँदा हुदैपनि सरकारले भ्रष्टचारको विरुद्धमा कुनैपनि पाइला चाल्न नसकेकोमा सरकारकै नियतमाथि प्रश्न चिन्ह उठेको छ भन्छन् नाम नछाप्ने शर्तमा राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकृत । भ्रष्टचारको निर्मूल गर्नकै लागि नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको हो । आयोगको गठन भएपनि यसले सरकारको गुणगान गाउनु भन्दा अरु काम गर्न सकेको छैन । सरकारले बारम्बार हस्तक्षेप गरेको गर् यै गरेपछि आयोगको उद्देश्यमा छायाँ परेको देखिन्छ । आयोगले सरकारी काममा कहीँ कतैपनि प्रश्न उठाएको पाइदैन । सरकारको सहयोगको नपाएको कारणले नै यो आयोगको हाल बेहाल भएको छ । अहिलेको सरकारका मन्त्रीहरुले अदालतको कामकारवाहीमा समेत हस्तक्षेप गरेको देखिएको बेला अख्तियार बलियो हुने प्रश्न नै आउदैन । आयोग केवल मुर्ती जस्तै उभिएको छ । विगत ४ बर्षदेखि उक्त आयोगको प्रमुख आयुक्त आजसम्म पनि रिक्त नै छ । आयोगलाई निमित्त प्रमुखले चलाएको चलायै छ । तैपनि सरकारले यसप्रति कुनै पनि चासो देखाएको छैन । कानूनी राज्यको स्थापना गर्ने भनेर सरकारमा पुगेका सबै दलहरुले भ्रष्टचार मुक्त समाजको स्थापना गर्ने भने पनि त्यो भाषणमा मात्रै सीमित देखिन्छ ।
अख्तियारलाई बलियो बनाउनका लागि सरकारले प्राथमिकतामा राखेर यसको ऐन नियमहरुलाई बलियो बनाउन आवश्यक छ ।
केहीबर्ष अघि अख्तियारले अकूत सम्पत्ति कमाएका राजनैतिक दलका नेताहरु र कर्मचारीहरुको घरमा रातारात छापामारी उनीहरुलाई पक्राउ गरेको थियो । जुनबेला सर्बसाधारणहरु बाट आयोगले वाहवाही कमाएको थियो । तर यो कुरा राजनैतिक दलहरुले पचाउन सकेनन् । अख्तियारको यो कदम राम्रो भएपनि त्यसपछिका दिनमा सरकारले आयोगलाई कम्जोर बनाउनतिर नै ध्यान दिएको पाइन्छ । यसको अर्थ नेपाली राजनीतिक दलहरु नै भ्रष्टचारमुक्त समाजको स्थापनामा तल्लिन देखिदैनन् । तत्कालिन आयोगका प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायलाई सरकारले पुरस्कृत गर्ने भन्दा पनि दण्डको भागीदार बनाउने प्रपाच बनाएको यथार्थ हाम्रो इतिहासमा अझैपनि ताजा नै छ भन्दै आक्रोश पोख्छन् अख्तियारका एक पूर्व सहसचिव ।
अख्तियारलाई बलियो पारेर राज्यको भ्रष्टाचारको उन्मुलन गर्न सकेमात्र नयाँ नेपालको कल्पना गर्न सकिने देखिन्छ । अन्यथा नेपाली जनताले आफ्नो गाँस काटेर तिरेको करको सदुपयोग गर्नुको सट्टा दुरुपयोग हुने प्रवृत्तिलाई रोकिएन भने नेपालको आर्थिक सामाजिक अवस्था अझैपनि जरजर हुने प्रायः निश्चित नै छ ।

No comments:

Post a Comment