Friday, April 24, 2009

सेना विवादले संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले रक्षा मन्त्रालयद्धारा प्रधानसेनापति रुक्माङ्गद कट्वाललाई २४ घण्टे अल्टिमेटम सहितको स्पष्टीकरणमाग गरेको कडा विरोध गर्दै संसद बहिष्कार गरेको छ । काँग्रेसले बैठक वहिष्कार गरेपछि सोमबार बसेको व्यावस्थापिका संसदको बैठक नियमित कार्यसूचिमा प्रबेश नगरिकनै स्थगित भयो । विशेष समयमा बोल्दै काँग्रेस उपसभापति एवम् सभासद रामचन्द्र पौड्यालले भने प्रधानसेनापतिलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । सरकार सेनाको तेजोवध गर्न खोज्दैछ । नेपाली सेनापनि शान्ति प्रकृयाको एउटा पक्ष भएको बताउँदै उनले भने परम्परालाई मिचेर सेनामाथि गरिने व्यवहार स्वीकार्य नहुने बताउनु भयो । उहाँका अनुसार प्रधानमन्त्रीले नौ बुँदे सहमति कार्यन्वयन गर्नुको सट्टा अदालत सेना र प्रहरीमा आतंक मच्चाइरहेको आरोप लगाउनु भयो ।
यसै विषयमा नेकपा एमालेका एक प्रभावशाली नेता केपी ओलीले राष्ट्रपतिसँग भेटगरी सरकारले नेपाली सेनालाई जथाभावी चलाउनु कुनियत भएको बताएको एक श्रोतले बताएको छ ।
सत्तासाझेदार कै मधेशी जनाधिकार फोरमका सचेतक रामजनम चौधरीले नेपाली सेनालाई गरिएको ब्यवहारमा आफूहरु सहमति हुननक्ने बताउनुभयो ।

No comments:

Post a Comment