Wednesday, April 22, 2009

पाठक-पत्र

समग्र पत्रिका खासखबर
सम्पादक ज्यू
तपाईंको लोकप्रिय पत्रिका खासखबरको म नियमित पाठक हुँ । तपाईको पत्रिकाले सूचना प्रवाहको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रो देशमा विद्यमान प्राकृतिक सौन्दर्य साँस्कृतिक विविधता ऐतिहासिक स्थलहरुलाई उजागर गर्नुका साथै समसामयिक समस्यालाई उठान गर्दै आउनुभएको छ । साथै पत्रिकाको साहित्यिक पाटो पनि निकै सशक्त पाएकी छु ।
खासखबर
को चैत्र २६ गते र बैशाख ३ गतेको अङ्कमा क्रमशः 'विज्ञापनको नकारात्मक प्रभाव', 'अनिदो र 'रक्सीको असर' यी दुवै समाचारले मलाई स्तब्ध बनाएको छ । यी लेखहरुले समाजमा रहेका विकृति बिसङ्गतिलाई उजागर गरेको छ । हाम्रो समाजमा अज्ञानताका कारण विभिन्न समस्या भोग्नु परिरहेको छुट्टै कथा छ भने बुझेर पनि आफ्नै छोराछोरीलाई सचेत गराउन नसक्ने अभिभावकको कथा पनि कहालिलाग्दो नै देखिन्छ । हाम्रो बुझेर या नबुझेर स्वास्थलाई त्यति महत्व दिइएको पाइदैन । वास्तवमा यस्ता सामाग्रीले आम मानिसलाई स्वास्थ्य प्रति सचेत गराएको छ । 'स्वास्थ्य नै धन हो' भन्ने कुरा आम नागरिकलाई बुझाएको छ । आगामी दिनमा पनि यस्तै नेपाली जनताले भोगीरहेका भ्रम विकृति बिसङ्गतिहरुलाई चिरफार गर्दै जाने विषयवस्तुलाई समावेश गराउनु हुनेछ भन्ने आशा गर्दछु ।
-मंजु खड्का
छितापोखरी-४, खोटाङ

No comments:

Post a Comment