Thursday, April 23, 2009

कतारमा बचत समूह गठन

कतार । कतारमा खोटाङ्गॆ समुदायलॆ विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । बैदेशिक रोजगार जागरण आर्थिक व्यायभार समाधानको मुल विषय लिएर कतारका खोटाङ्गे सामुदायबीच गत शुक्रवार सनैयास्थित पाईमान राईको संयोजकत्वमा एक बिशाल भेलाले खोटाङ हलेसी बचत तथा ऋण समुह दोहा कतार स्थापना गरेको छ ।
भेलामा उपस्थित सबै खोटाङ्गे तथा गैर खोटाङ्गेहरुबीच बैदेशिक रोजगार क्षेत्रीय एकता समस्या र समाधानका विषयमा बृहत छलफल गर्यो । अधिकांश नेपालीहरु बिदेश आउनुको मुख्य उदेश्य कमाउनु नै भएपनि मुलुकमै हुदा बिदेशको कमाई र बचत गर्नुपर्ने काम र वातावरणको वारेमा कुनै कुरा नबुझी मीठो सपना बोकेर हतारमै विदेशिने क्रम यथावत छ । मुलुकका हर्ताकर्ता पाखुरी भएका यूवाहरु देशको परिस्थितिका बावजुत आज विदेशिनु परेको छ । बैदेशिक रोजगारी भनेको शरिरमा एक मुट्ठी बल भएसम्म न हो । पसिना बगाउनेहरु शरिरमा बल भएसम्म सवैको प्यारो बन्छ अन्तत खोक्रो र असक्त शरिर लिएर मुलुक फर्कदा सम्वन्धित मुलुक एवं कम्पनीबाट केहि सुविधाहरु प्राप्त हुदैनन् अत मुलुक फर्केपछि दिगो ब्यवसायका तथा लगानीका वारेमा पनि बेलैमा केहि सोच्नुपर्ने प्रस्ताव नै भेलाको मुल विषय बन्यो । मुख्यतया खोटाङ्गको ग्रामीण परिवेशमा चलिआएको साहुको महगो ब्याज अनि कतारमा हालको बढ्दो महँगी मासिक तलब र बचतको तुलना गर्दा साहुलाई तिर्नुपर्ने सावाको त कुरै रहेन ब्याजपनि तिर्न नपुग्ने हालको यो परिस्थितिमा सवैभन्दा पहिलो कुरा बैदेशिक रोजगारमा जानुभन्दा अघि मुलुकमै कुनै शीपमुलक काम सिकेर सम्वन्धित देशको हावापानी बास्तविक कमाई बचत गर्ने शैली एवं बिदेशमा कमाईएका केहि रकम मुलुक फर्केपछि कहाँ र कसरी लगानी गरेर दिगो उपार्जन गर्न सकिन्छ भन्ने विषयलाई कतार र नेपाल दुवै ठाूउमा तदारुकताका साथ जनचेतना जागृत गराउन गोबिन्द बिष्टको अध्यक्षतामा सस्थापक सल्लाहकार पाईमान राई सहित १५ सदस्यीय कार्यसमिति तयार गरेको छ । भेलाले उपाध्यक्ष सम्वरबहादुर राई सचिव उमेश खड्का असफल सहसचिव दिलकुमार विष्ट कोषाध्यक्ष छक्क राज राई र सदस्यहरुमा कलाप्रेमी मौलधन राई ओमीराज राई लक्ष्मी कुमार बस्नेत रामदत्त राई ध्रुव कार्की फूलदोर्जे तामाङ्ग काजी कुमार राई देवराज मुंग्रान्ती र बंशिदेव राईलाई चयन गरेको छ भने सबै खोटाङ्गेहरुलाई साधरण सदस्यको रुपमा आवद्धित हुन आग्रह गरेको छ । कतारमा हालको न्यूनतम कमाई अनि खोटाङ्गको ग्रामीण परिवेशमा चलिआएको साहुको महँगो ब्याजका कारण पनि उल्लेख्य मात्रामा बचत गर्न नसक्ने परिस्थितिमा समुहका सबै सदस्यहरुले हरेक महिना केही रकम बचत गर्नुपर्ने र सोहि रकमहरु कतार आएका नयाू खोटाङ्गेहरुलाई उपलव्ध गराई महूगो ब्याजबाट केहि सहुलियत दिने लक्ष्य लिएको छ भने अलिअलि गरेको बचत नै घर फर्कदा निश्चित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुका साथै कतार आउन लागेका मुलुकबासीहरुलाई बिदेशको कमाई र बचत गर्नुपर्ने काम र वातावरणको वारेमा राम्ररी बुझेर मात्र बिदेशिनुपर्ने वारेमा जनचेतना जगाई कतारका अन्य संघ-सस्थाहरुसूग पनि समन्वय एवं खोटाङ्गेहरुबीच एकापसमा भातृत्व कायम गरी आईपर्ने जुनसुकै समस्याहरुमा पनि आर्थिक एवं मानवीय सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

No comments:

Post a Comment