Thursday, April 23, 2009

मजदुर आन्दोलनमा पदलोलुप्त प्रवृत्ति

-खिलनाथ बस्नेत
कामलाई भन्दा पदलाई प्राथमिकता दिने परम्परा नेपालको लागि नौलो रहेको छैन । नेपालको राजनीति क्षेत्रलाई मात्र पहिले पद लोलुप्तको संज्ञा दिइएको भएपनि अहिले मजदुरहरुको संगठनमा समेत उक्त संस्कारले पश्रय पाएको छ । अहिले मजदुरहरुको विभिन्न संगठनमा यसको प्रभाव पाइन्छ । यसबाट ट्रेड युनियन पनि अछुतो रहेको पाइदैन । पदमा रहनका लागि तँ छाड र म छाड गरिएपनि पद प्राप्त गरिसकेपछि क्रमिक रुपले उ आफै शिथिल हुदै जाने क्रम बढ्दो छ । ट्रेड युनियनको आन्दोलनलाई शुरुमा व्यापक प्राथमिकता दिइएपनि मजदुरहरुको सवालमा ट्रेड युनियनहरु कमजोर देखिएका छन् । नारलाई मात्र प्राथमिकता दिने प्रचलन अहिले सर्वब्यापी रुपमा मौलाउँदै गएको देखिन्छ । मजदुरको नाममा राजनीति गरेपनि मजदुरहरुको वास्तविक समस्याबाट टाढा हुने वा समस्यामा गहिरिन क्षमता नभएकाहरुले पनि ट्रेड युनियनको जिम्मेवारी लिएबाट पनि मजदुरहरुको जीवनस्तरमा वृद्धि हुन नसक्नुको प्रमुख कारण हो भन्दा फरक पर्दैन । मजदुरको समस्यालाई सम्बोधन गर्नका लागि मजदुर नेता पनि वास्तविक मजदुर नै हुनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । मजदुरको मागलाई सम्बोधन नगरिए औद्योगिक क्रान्तिको पनि सम्भावना देखिदैन । पसिनाको मूल्य वास्तविक पसिना बगाउनेलाई मात्र थाहा हुन्छ पसिनाको मूल्यको व्याख्या महलका मालिक भनाउँदाले गर्दा कदापि न्याय हुदैन यसको व्याख्या वास्तविक श्रमिकलाई गर्न दिनुपर्दछ । श्रमिकहरु श्रम गरेकै गर् यै हुन्छन् उनीहरुलाई राजनीति नै थाहा हुदैन राजनीति तहमा आफ्नो बारेमा जे जस्तो निर्णय गरे पनि उ अनभिज्ञ हुन्छ यहि प्रवृत्तिले नै हाम्रँे देशमा श्रमिकहरुको अवस्था गिर्दो रहेको छ । यहाँनिर हामीले बुभुनैपर्ने कुरा हो भने सबै हामी श्रमिक वर्गले आपुनो नेता वा प्रतिनिधिलाई नै हामीले हाम्रो प्रतिनिधि बनाउने कोशिश गर्नुपर्छ त्यो भए मात्र श्रमिकहरुलाई न्याय हुनेछ । श्रमिकहरुको पसिना विना मुलुकको विकास असम्भव छ मुलुकलाई औद्योगिकीकरण गर्नमा पनि महत्वपूर्ण मानिने श्रमिकलाई उचित सम्मान गर्नुपर्ने हुन्छ । यसमा सरकार र ट्रेड युनियनहरुका मजदुर नेताहरुले स्पष्ट रुपमा आफ्ना विचारहरु वाहिर ल्याउनुपर्ने बेला भएको छ । गैर श्रमिकहरुको समूह नै ट्रेड युनियनमा हावी भएपछि ट्रेड युनियन आन्दोलनले गति लिन नसकेको देखिन्छ । वास्तविक श्रमिकहरुको सहभागिताका लागि सबै श्रमिकहरु एकै माचमा आएर आफ्ना समस्या र समाधानको लागि आवाजहरु उठाउनुपर्ने समय आएको छ । अन्यथा यस प्रवृत्रिले समग्र मजदुर आन्दोलनलाई विकृत बाटोतिर डोर् याउने प्रायः निश्चित देखिएको छ ।

No comments:

Post a Comment