Sunday, May 3, 2009

सिर्जना सागरको आठौं श्रृङ्खला सम्पन्न

ललितपुर । प्रत्येक महिनाको दोस्रो शनिबार अखिल नेपाल लेखक सङ्घ र सलामबिहानी डट कमको संयुक्त पहलमा आयोजना हुँदै आएको सिर्जना वाचनको कार्यक्रम सिर्जना सागरको आठौं श्रृङ्खला गत शनिबार नमूना उ.मा.वि.लगनखेलमा भव्य रुपमा सम्पन्न भयो । ४६ जना स्रष्टा-श्रोता सहभागी रहेको उक्त कार्यक्रममा सर्गमाजरी सोनिया शर्मा माजु खड्का ध्रुवसत्य नाकिमा पुरण राई स्व।sमल भद्रगोल नदीश ओमकार प्रथा राजाराम राउत दृश्य शेखर अर्याल स्रष्टा शर्मा केशव शिलवाल अमोघ काफ्ले चन्द्रवीर तुम्बापो अशोक कुँवर 'नेत्र' बसन्त सुवेदी दीपक राई लगायतका सर्जकहरुले आफ्नो सिर्जना वाचन गरे । के.बी.राई अनुमा राई र उमेश आचार्यले गीत प्रस्तुत गर्नुभयो । कार्यक्रममा युवा कवि ब्रबिन कुमार रेग्मीले युवा सर्जकहरुबारे आफ्नो धारणा राख्दै सिर्जना सागरले भविष्यका भूपि रिमाल र पारिजातलाई जन्माउने विश्वास व्यक्त गर्नुभयॊ । त्यसैगरी खासखबर साप्ताहिकका सम्पादक किशोर चाम्लिङले सिर्जना सागरको निरन्तरता र आवश्यकता औल्याउनुभयो । करिब ३ घण्टा लामो कार्यक्रमको समीक्षा कवि रामगोपाल आशुतोष र प्राध्यापक सि.बि.आचार्यले गर्नुभयो । समीरजंगको आतिथ्य र रुद्र नेपालीको अध्यक्षतामा सम्पन्न उक्त सिर्जना सागर आठौं श्रृङ्खला को साचालन कवि नवराज क्षितिजले गर्नुभएको थियो ।

No comments:

Post a Comment