Thursday, May 14, 2009

देश छिट्टै प्रष्ट धु्रवीकरणमा जाने निश्चित छ

-विशद
देशको वर्तमान बदलिदो राजनीतिक अवस्थालाई धेरैले आकस्मिक घटनाको रुपमा हेरे पनि यो घटना देशलाई अघि बढाउने कि पछाडि धकेल्ने भन्ने दुई कित्ताको संघर्षको चरम उत्कर्ष मात्र हो । एक पक्षलॆ पुरानै राज्यव्यवस्था सैनिक अधिनायकवाद र अन्तर्राष्ट्रिय आत्मसमर्पणवादको प्रतिनिधित्व गर्द्रछ भने अर्को पक्ष आमुल परिवर्तन जनाताको सर्वौच्चता र राष्ट्रिय स्वाभिमानको खातिर संघर्षरत छ । यो संगीन घडिमा तटस्थ बस्नु भनेको खहरे भेलमा नदीको बीचमा रहेको मुढो बन्नु जस्तै हो जुन खाखिरमा बगेरै जान्छ । तसर्थ आपुूलाई अग्रगमनको पक्षमा उभ्याउनु र सम्पूर्ण देशी विदेशी षड्यन्त्रको भण्डाफोर गरेर देशलाई दीर्घकालीन निकास दिनु आजको टड्कारो आवश्यकता बन्न गएको छ । यस घडिमा झ्यालढोका थुनेर केही थाहा नपाएजस्तै गर्नु भनेको आखिरमा प्रतिगामीहरुलाई सहयोग पुर् याउनु नै हो । कुनै समय कार्यकारी राष्ट्रपति राख्ने विषयको विरोध गर्दै रातभरि गणतन्त्र घोषणा समेत रोकेर घृणित खेल खेल्ने कांग्रेस अहिले संविधानले आलङ्कारिक भूमिका मात्र दिएको राष्ट्रपतिलाई उचालेर देशको परिवर्तनको रथलाई भिरालोबाट खसाल्ने कुचेष्टा गर्दैछ । एमालेले प्रधानमन्त्रीको ताजा हड्डी आपुूतिर फ्याँकिदिएपछि शाही कालकै रवैयामा कांग्रेसको राष्ट्रविरोधी कदमलाई सघाउ पुर् याउँदै आएको छ । यसबाट के प्रष्ट भएको छ भने कांग्रेस र एमाले भनेको कुकुरको बाङ्गो पुच्छर जस्तै हुन् जसलाई जनताले जतिपटक सुधि्रने मौका दिएपनि सधैं देशलाई अस्थिरता र अँन्धकारको भूमरीमा फसाउने गर्दछन् । कांग्रेस र एमाले भित्रको क्रान्तिकारीहरु माथि प्रतिगामीहरु हावी हुनुले अब देश छिट्टै प्रष्ट धु्रवीकरण जाने निश्चित प्राय ः छ । देशलाई आमुल परिवर्तन गराउन र श्रमजिवी जनताको सर्वोच्चता कायम गर्न हजारौं जनताले आफ्ना बलिदानी दिए । पछिल्ला परिवर्तनको मूल अस्त्र ः जनयुद्धको नेतृत्व गरेको माओवादीलाई जनताले संविधानसभाको चुनावमा जिताएर पठाए पनि थर्कमान भएको देशी विदेशी प्रतिकि्रयावादीहरु कुनै पनि हालतमा माओवादीले राम्रा काम गरोस् भन्ने चाहदैनन् । त्यसैले जनआन्दोलनको दोषी तथा पूर्व सेनापति रुक्माङ्गत कटवाललाई कार्यकारी प्रधानमन्त्रीले कारबाही गरेको एक दिन नबित्दै आलङ्कारिक राष्ट्रपतिले ज्ञानेन्द्र शैलीमा संविधान मिचेर रातविरात उनकेा पुनर्बहाली गर्नुले प्रतिगामीहरु कुन हदसम्म जान सक्दा रहेछन् भन्ने प्रष्ट देखाएको छ । राष्ट्रपतिको यो असंवैधानिक आदेश फिर्ता हुनुपर्ने भन्दै सडकदेखि सदनसम्म आन्दोलन चलिरहँदा समेत कानमा तेल हालेर बस्नुले राष्ट्रपनि जनताका हुन् कि प्रतिकि्रयावादीको भन्ने कुरा पनि प्रष्ट भएको छ । नयाँ संंविधान मार्पुत् श्रमजिवी जनताले आफ्ना अधिकार प्राप्त गरुन् भन्ने कुरा देशका प्रतिकि्रयावादीहरुलाई मन परेको छैन भने माओवादीले आफ्ना अगाडि घुँडा नटेकेकोमा विदेशी प्रतिगामीहरु बौलाएका छन् । त्यसैले देशी विदेशी बौलाहाहरुको मिलेमतोमा देशलाई घोर अन्धकारतिर धकेल्ने र बन्दुकको आडमा उही पुरानो सत्ता ब्युँताउने चलखेल शुरु भइसकेको छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा गरेका अभिव्यक्तिबाट पनि यो कुरा छर्लङ्ग भएको छ । यदि उनलाई आरोप लगाइए जस्तै उनी पनि विदेशी मतियार भएको भए प्रधानमन्त्रीले विदेशीको अगाडि घुँडा टेकेर अरु १०/१५ वर्ष आरामले साशन चलाउन सक्ने थिए । तर नेपाली स्वाभिमान र जनताको सर्वोच्चताको निम्ति उनको यो राजिनामा देशी विदेशी प्रतिगामीहरुको निम्ति ठूलो चड्कन सावित भएको छ । यो राजिनामाको महत्व इतिहासले अवश्य मूल्याङ्कन गर्ने नै छ । जनताको विरोधमा लागेर सैनिक सर्वोच्चता र विदेशी हस्तक्षेप स्वीकारेर क्षणित पदका लागि दगुरिरहेका दलहरुको यदि छिट्टै आँखा नखुल्ने हो भने उनीहरुलाई जनाताले सिधै आर्यघाटमा लगेर आँखा खुलाउने छन् । यदि यतिबेला म फेरि सुधि्रन्छु भनेर कसैले भन्न भने पनि अब नेपाली जनता अरु धैर्य गर्ने पक्षमा छैनन् । त्यसैले प्रतिगमनको मतियार बनिरहेका दलहरुको समयमै आँखा खुले उनीहरुलाई पनि राम्रो र देश र जनतालाई पनि राम्रो हुने थियो । अन्यथा इतिहासको सजायबाट कोही बच्न पाउने छैन

No comments:

Post a Comment