Thursday, May 14, 2009

नाङ्गो भारतीय हस्तक्षेप

काठमाडौं । नेपाली राजनीतिलाई आन्तरिक हावापानीले भन्दा पनि बाह्य वातावरणले बढीप्रभाव पारेको यथार्थ हाम्रो सामु स्पष्ट रुपमा छर्लङग देखिएको छ । विदेशी शक्तिहरुको नाम िलंदा हाम्रो मित्र राष्ट्र भारतको नाम अग्रपंक्तिमा देखिन्छ । यसको पछि पछि अमेरिका पनि आउने गरेको छ । जसले नेपालको आन्तरिक राजनीतिलाई उथलपुथल नै बनाउने गरेको पाइन्छ । वाहिर भन्ने बेलामा नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगरिने भने पनि ब्यावहारमा भने यसको ठीक उल्टो देखिएको छ । प्रधानसेनापति रुक्माङ्गद कट्वाललाई बर्खास्त गर्नेबेलामा भारतीय राजदुत राकेश सुदले नेपालको प्रधानमन्त्रीलाई पाँच÷पाँच पटक भेट गरे । हाम्रो प्रधानमन्त्री पनि यति धेरै सस्तो भइदिए कि उनले भारतीय राजदुतलाई जति पटक भन्यो त्यति नै पटक भेट गरेर आफनो कद आफै घटाए । तर पछि प्रधानमन्त्रीले राजीनामा दिएपछि उनले भन्न भ्याए ुनेपालको प्रधानमन्त्री त भारतको मुख्यमन्त्री भन्दा पनि तल्लो स्तरको हुदोरहेछ ।ु एक टिप्पणीकारका अनुसार ुयदि नेपालको प्रधानमन्त्रीले आपुनो कदलाई जोगाइराख्ने हो भने विदेशी कुटनीतिज्ञहरुसँग भेट गर्नका लागि परराष्ट्र मन्त्रालयबाट स्वीकृती लिएर मात्रै भेट गर्ने चाँजोपाँजो मिलाउनु पर्छ तब मात्र नेपालको प्रधानमन्त्रीको इज्जत रहन्छ । प्रधानमन्त्रीले राजदुत सुदसँग भेट गर्नुमा उहाँले जे भने पनि कट्वाललाई कार्वाही गरिसकेपछि पनि आफू सत्तामा टिकिरहन पाइन्छ कि भन्ने आशाले नै कुटनीतिज्ञ मर्यादालाई मिचेर भेट गरेका हुन् । यो कुरा राजीनामा पछि उहाँले ओकेल्नुमा त्यसको कुनै तुक छैन बरु यसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदलाई विदेशीको सामु निहुरिएको सावित गरेको कुरा टिप्पणीकारले खासखबरलाई बताउन भ्याए । नेपालको आन्तरिक मामलामा हात हालेर भारतले आपुनो छिमेकीको सामु असल छिमेकी भएर प्रमाणित गर्नुभन्दा पनि ठूलो माछाले सानो माछालाई खाने प्रवृत्ति देखाएको छ । नेपाल सरकारले गर्ने कुनैपनि निर्णयमा भारतले चासो देखाउनु र सकेसम्म त्यो निर्णय भारतकै पक्षमा पक्षपोषण होस् भन्ने भारत चाहन्छ । नेपालले पनि भारतलाई कुटनीतिक मर्यादामा रहनका लागि स्पष्ट भन्न सक्दैन किनभने नेपाली राजनीतिज्ञहरु पनि भारतको आशिर्वादमै भएपनि प्रधानमन्त्री बन्न लालायित देखिएका छन् । हाम्रै प्रधानमन्त्री प्रचण्डको कुरा गर्ने हो भने उहाँले आफ्नो युद्धकालको धेरै समय त भारतको नयाँ दिल्लीमा विताउनु भएको थियो । नेपालको जनयुद्ध भनिएपनि केही रुपमा भारतले नेपाललाई कम्जोर बनाउनकै लागि भारतको स्पष्ट समर्थन थियो । र त माओवादीले भारत भएर हतियार खरिद गरेका थिए । युद्धकालमा प्रचण्ड र बाबुराम भट्टराईले भारतीय मोबाइल समेत प्रयोग गरेबाट यो प्रमाणित भएको छ । अब यहाँनिर के बुझनुपर्छ भने भारतकै आशिर्वादले सत्तामा पुगेका माओवादीले आफ्नो कार्यकर्ताको दबाव नभएको भए कट््टवाललाई बर्खास्त गर्ने आँट गर्ने थिएन र माओवादी सत्तामै रहने थियो भनी एक माओवादीकै भूतपूर्व कार्यकर्ताले बताए । दिल्लीमा भएको १२ बुँदे सहमतिदेखि लिएर माओवादीको सरकार गठन ताकासम्म माओवादीले भारतकै आशिर्वाद पाएपनि पछि कार्यकर्ताको बोझ थाम्न नसकेपछि कटट्वाललाई कार्वाही गरेरै छाडेपनि भारतको आशिर्वाद नपाएको वा दबावकै कारणले राजीनामा दिन बाध्य पारियो । यसका लागि राजदुत दिल्लीसम्म पुगेर समर्थन जुटाए र अन्ततः प्रचण्डले सत्ताको कुसर्ी छाड्नु पर् यो । नेपालमा अहिलेसम्म जे जति सरकार बने पनि सबै सरकारले भारतको स्वार्थ बमोजिम नचलेको इतिहास भेट्न गार् हो छ । यसको अर्थ हुन्छ राष्ट्रवादी नेताहरु प्रधानमन्त्री भएकै छैनन् । प्रचण्डले राजीनामा दिँदा विदेशी शक्तिहरुको चलखेलको कुरा गरेपनि भारतको नाम लिन डराए । उनले पछि आयोजना गरेको पत्रकार सम्मेलनमा हिन्दी भाषाको मीठो प्रयोग गरेर फेरि पनि दिल्लीलाई खुशी बनाउन भने हाम्रा राष्ट्रवादी प्रधानमन्त्री प्रचण्ड पछि परेनन् ।

No comments:

Post a Comment