Thursday, May 14, 2009

झन् चर्कियो माओवादी आन्दोलन

काठमाडौं । एकिकृत नेकपा माओवादीले आफ्नो विरोधको कार्यक्रमलाई देशव्यापी रुपमा लैजाने निर्णय गरेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डा। रामवरण यादवले चालेको कदम सच्याउन माग गर्दै अहिलेसम्म राजधानी केन्द्रीत रहेको एकीकृत नेकपा माओवादीको आन्दोलन देशव्यापी रुपमा हुने भएपछि व्यापक चर्किने भएको छ । सरकारद्धारा अवकाश दिइएका प्रधानसेनापति रुक्मांगद कटवाललाई राष्ट्रपति यादवले निरन्तर काम गर्न दिएको निर्देशन असंवैधानिक कदम भएको ठहर गरी एकीकृत माओवादीले गर्दै आएको राजधानी केन्द्रित आन्दोलन देशव्यापी बनाउने निर्णय भएको हो । भर्खरै बसेको माओवादी पोलिटब्युरोको बैठकले यस्तो निर्णयअनुसार राष्ट्रपतिको कदमविरुद्ध सडक र सदनबाट संघर्ष गरिरहने बताइएको छ । पोलिटब्यूरो सदस्य विश्वभक्त दुवाल 'आहूति' का अनुसार नागरिक सर्वोच्चता कायम राख्न शान्तिप्रकि्रया तार्किक निष्कर्षमा पुर्याउन नयाँ संविधान निर्माण गर्न सेना समायोजन गर्न्र र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि शान्तिपूर्ण संधर्ष अगाडि बढाउन सदस्यहरुले सुझाब दिएका छन् ।

No comments:

Post a Comment