Wednesday, May 13, 2009

गोर्खाली छुट्ने तरखरमा, प्रहरी र न्यायलय बिकेकै हुन् त ?

काठमाडौं । उपत्यकामा प्रहरी प्रशासनको बलियो उपस्थिति हुँदाहुँदै पनि उपत्यकालाई ुडनु हरुले नै राज्य गरिरहेको सुन्दा जो सुकैलाई पनि अचम्म लाग्न सक्छ । यिनै मध्ये ३९ बर्षीय डन ुराजु गोर्खालीु उर्फ ंराजेन्द्रबहादुर गोर्खाली अहिले प्रहरी हिरासतमा छन् । उनी पक्राउ पर्ने बित्तिकै उनी आफू कपडा व्यावसायी हुँ भनेर प्रहरीलाई बताए पनि उनलाई नजिकबाट चिन्नेहरु त्यसमा विश्वास गर्दैनन् । यसमा प्रहरीका एक खेमाले पनि उनीमाथि विश्वास गरिरहेको छैन ।
प्रहरीका अनुसार उनी सुन्धारास्थित बेबीलोन डिस्कोका साचालक राकेश लिम्बूको हत्या अभियोगमा मोस्ट वान्टेड थिए । उनी विरुद्ध हत्याको अभियोगमा २०५९ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । त्यहि समयदेखि फरार रहेका गोर्खालीको नाममा अदालतले पटक-पटक म्याद तामेल गरेपनि उनी अदालतमा हाजिर भएका थिएनन ।
स्रोतका अनुसार गोर्खालीले २०५९ साल माघ ३ गते दरबारमार्ग स्थित रोयल डिस्कोमा राकेश लिम्बूलाई गोली हानी हत्या गरेका थिए । त्यस समयमा खुकुरी सहित अन्य धारिलो हतियार प्रयोग भएको थियो । त्यही घटनामा राजेश लेप्चा र सुनिल भन्ने लिम्बूका सहयोगीहरुलाई समेत खुकुरी प्रहार गरिएकोमा उनीहरु घाइते भएका थिए । आजसम्म पनि उनीहरुको हात राम्ररी चल्न सक्ने अवस्थामा छैनन् भने सो घटनालाई प्रत्यक्ष रुपमा देखेका थिए राजु बोगटीले ।
यसैक्रममा उनी २०६५ साल माघ १० गते विहान ११ बजेतिर आपुना वकिलहरुका साथ काठमाडौं जिल्ला अदालत पुगेका थिए । अदालतमा न्यायधीश हेमराज पन्तको एकल इजलासमा गोर्खालीको बयान लिइएको थियो । बयानको क्रममा गोर्खालीले आफू २०५९ माघ १ गते नै गोरखा एअरलाइन्स्को टिकट लिएर काठमाडौंबाट सिमरा हुँदै वीरगाज गएको माघ ३ गते आफू बिरामी भएर कलैया अस्पतालको आकस्मिक कक्षामा भर्ना भएको माघ १ गते नै रोयल डिस्कोको सम्पूर्ण हिसाब किताबको जिम्मेवारी उमेश गुरुङ र महेश्वर डंगोललाई जिम्मा दिएको भन्ने झुठो विवरण अदालत समक्ष पेश गरेका थिए । आठ बर्षपछि मात्र अदालत पुगेका गोर्खालीलाई अदालतले यति लामो समयसम्म कहाँ गएका थियौ काठमाडौं कहिले फर्केका थियौं भन्ने प्रश्न सम्म सोधेको पाइदैन । मुद्दाको सिलसिलामा विपक्षीलाई अदालतले सोधेको पाइएको छैन ।
माघ १७ मा उनलाई हाजिर गराएर बयान गराउने र मुद्दाको बहस गर्ने काम समेत त्यसै दिन सकिएको थियो । सहायक जिल्ला अधिवक्ता अनीलकुमार शर्मा र गोर्खालीका दुई कानून ब्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । अदालत स्रोतका अनुसार सामान्यतः एकै दिन बयान बहस र फैसला विरलै हुने गर्दछ । तैपनि उनलाई एकैदिन बयान लिई एकै दिन बहस गराएर छाडेको थियो ।
लिम्बू हत्या प्रकरणमा दोषी ठहरिएका उमेश गुरुङ अहिले थुनामा छन् । उनी गोर्खालीका दाहिने हात थिए उनले दिएको बयान अनुसार लिम्बूलाई गोर्खालीले चलाएकै गोलीबाट मृत्यु भएको साविती बयान दिएका छन् । यति हुँदा हुदैपनि काठमाडौं जिल्ला अदालतका न्यायधीशले एअरलाइन्स्को टिकटका बारेमा पछि बुझेर इजलासमा पेश गर्नू र अस्पतालको भर्ना रसिदबारे पनि पछि जे ठहर्छ त्यही गर्नू भन्ने आदेश दिएर कानूनी राज्यको उपहास गरेको देखिएको छ ।
अदालतले गोर्खालीको उक्त झुठो प्रमाण पेश गरेकै आधारमा रातारात सबै तयारी गरेर एकै दिन बयान बहस र साधारण तारिखमा रिहा गर्ने जुन निर्णय गरेको छ त्यो अति नै न्यायपूर्ण नभएको मृतक लिम्बूका आफन्तहरुले बताएका छन् । उनीहरुका अनुसार आफूहरु न्याय पाउने आशामा अदालत गएपनि अदालतले जसको पैसा उसैलाई सफाई दिएको आरोप न्यायधीशमाथि लगाएका छन् ।
प्रहरीले लिम्बूकै हत्याप्रकरण अभियोगमा पक्राउ गरेको भएपनि अदालतले गोर्खाली साधारण तारेखमा रिहा भएको जवाफ दिएपछि प्रहरीपनि अलमल्ल भएको छ । प्रहरीले दर्ता गराएको अभियोगमा प्रहरीलाई जानकारी बिना नै कसरी साधारण तारेखमा गोर्खाली रिहा भए यो प्रश्न अदालत सामू तेसर्िएको छ ।
एक स्रोतका अनुसार गोर्खालीका ग्याङहरुले बेबीलोन डिस्कोमा हप्ता मागेपनि दिन इन्कार गरेकोले लिम्बूको ज्यान गएको हो । साथै गोर्खालीले उक्त डिस्कोलाई आफ्नो बनाउन चाहन्थे । तर दुबईमा गएर दुःख गरेर कमाएको पैसाले डिस्को खोलेका लिम्बूले उक्त कुरा स्वीकार गरेका थिएनन् । लिम्बूले शेयर स्वीकार नगरेपनि यसै विषयमा उनीहरुको बाकयुद्ध चलेको थियो । उनलाई सरसल्लाहको लागि रोयल डिस्कोमा बोलाईएको र तयारी हालतमा रहेका उनीहरुले खुकुरी र गोली प्रहार गरी हत्या गरेका थिए ।
राकेश लिम्बू करातेका राष्ट्रिय खेलाडी पनि हुन् । अब यहाँनिर के प्रंश्न उठेको छ भने राष्ट्रिय स्तरको खेलाडीको ज्यान त सुरक्षित छैन भने अन्य साधारण जनताको सुरक्षा कसले गर्ने
स्मरणरहोस् रोयल डिस्को पनि राजु गोर्खालीले बिना लगानीमा धम्कीकै भरमा हात पारेका थिए भनेर उनी निकट एक स्रोतले नाम नबताउने शर्तमा उल्लेख गरेका छन् ।
गोर्खालीले गोली हानेको सबुद बयान प्रहरी र अदालत सँग छ गोली र खुकुरी प्रहार गरेको प्रत्यक्ष देख्नेहरु पनि मौजुदा रहेको अवस्थामा समेत अदालतले कुनैपनि छानवीन नगरी हचुवाको भरमा हत्याको जघन्य आरोप लागेकालाई साधारण तारेखमा रिहा गर्ने गरेकोले यहाँ सबै पैसामा नै बिक्ने गरेको देखिन्छ । न्यायलयमा पैसाकै चलखेल हुने गरेको प्रसंग कोट्याउँदा नेपाल बार एशोसियशनका अध्यक्ष विश्वकान्त मैनाली विरुद्ध खनिएका न्यायधीश के अब यो सवुद प्रमाणलाई लत्याउँछन् वा आफूमाथि लागेको यस्तो दाग मेटाउनका लागि राजु गोर्खालीजस्ता अपराध जगतका कुख्यात डनहरुलाई कानूनी दायरामा ल्याएर कानूनको सबक सिकाउछन् यो हेर्न बाँकी नै छ ।
यो पंक्तिकारलाई पनि थाहा छ यो समाचार पढेपछि अदालतको मानहानीमा मुद्दा चल्ने छ । तर मुद्दाको डरले राष्ट्रको चौंथो अंग सावित भइसकेको एक पत्रकारले समाजको यथार्थ र आवाज विहिनहरुको विपक्षमा कहिल्यै र कसैसँग पनि सम्झौता गर्ने छैन ।
गोर्खाली निकटका एक स्रोतका अनुसार गोर्खालीले आपुना सहयोगीलाई आफू पाँच÷छ दिन भित्रमा नै प्रहरी हिरासतबाट छुट्ने र यसका लागि सबै तयारी भइसकेको बताएका थिए । यसबाट के स्पष्ट हुन्छ भने प्रहरी पनि डनहरुसँग मिलेका हुन्छन् नत्र अपराधीलाई छोड्ने छैनन् । यसका लागि वा कानूनी राज्यको स्थापनार्थ अब न्यायलय र प्रहरी प्रशासनले गोर्खाली जस्ता डनहरुलाई उन्मुक्ति दिने भन्दापनि कानूनको दायरामा ल्याउन जरुरी छ । यदि यस कुरामा ध्यान पुर् याइन भने गोर्खाली जस्ता हत्याराले अन्य विगो गर्न पछि पर्ने छैनन् । साथै काठमाडौंमा डनहरुद्धारा साचालित अपराध जगतका अन्य खबरको बारेमा खासखबर ब्यूरो लागिरहने छ ।

No comments:

Post a Comment