Thursday, May 14, 2009

जोखिममा बाँच्दैछन् यातायात मजदुर

-खिलनाथ बस्नेत
यातायात मजदुरहरु कतिसम्म जोखिम जीवन गुजारिरहेका छन् भन्ने कुरा भर्खरैको घटनालाई उदाहरणको रुपमा लिँदामात्रै पनि स्पष्ट हुन्छ । गत आइतबार ललितपुरको एकान्तकुनास्थित चक्रपथमा माइक्रो चलाईरहेको अवस्थामा सडक छेउको रुख ढलेर एक जना माइक्रो चालकको घटनास्थलमा नै मृत्यु भयो । त्ौ पनि सम्बद्ध निकायले यस घटनालाई खासै चासोको साथ हेरिएको पाइएन । सडक वरपर भएका ठूला-ठूला रुखहरु पनि सवारी चालकका लागि खतरनाक नै बन्ने गरेको छ । यद्यपि यो पहिले घटना भने अवश्य होइन । यसको निराकरणका लागि जिम्मेवार निकायबाट कुनै तदारुकता अपनाएको पाइँदैन । त्यसो त नेपालका विभिन्न स्थानमा रहेका अव्यवस्थित सडक पनि सवारी चालकका लागि जोखिमपूर्ण सिद्ध हुँदै आएको छ । साँगुरो सडक कै कारण उनीहरुलाई समस्या खडा हुने गरेको छ । छिन छिनमा हुने सवारी जामले विभिन्न समस्या खडा गरेको पाइन्छ । जसको कारण सोचे अनुरुप टिप गर्न नपाई उनीहरुको कमाई या भनौं रोजीरोटी मै समस्या खडा हुने गरेको छ । साँगुरो सडककै कारण सडक दुर्घटना पनि हुने गरेको छ जसको दोषी चालकलाई नै देखाइन्छ । यसबाट पनि उनीहरुको जीवन शैलीमा कठिनाई उत्पन्न हुने गरेको छ । आर्थिक कठिनाई उत्पन्न गराउने कारक तत्वको रुपमा रहेको छ-विद्यार्थी सहुलियत । सही विद्यार्थीका लागि यो राम्रो योजना हो तर अहिले प्रमुख रुपमा सवारी चालकहरुका लागि विधार्थी सहुलियत अन्र्तगत दिनुपर्ने छुटमा सहि व्यवस्था नहुनुले समस्या सृजना गरेको छ । नक्कली विद्यार्थी परिचयपत्र बनाएर जा कोहिले विद्यार्थी सहुलियत माग गर्दा आवश्यक भाडा उठने गरेको पाइँदैन । गैर विधार्थी्रहरुलाई पनि यसरी सहुलियत दिनुपर्ने अवस्थाको कारण पनि उनीहरुमा आर्थिक समस्या सृजना हुने गरेको छ । यसका लागि सही विद्यार्थीले मात्र छुट पाउने वैज्ञानिक व्यवस्था हुनु जरुरी छ । जसका लागि नक्कली विद्यार्थी परिचयपत्र बनाउने कार्यलाई निरुत्साहित गर्ने व्यवस्था गर्नु जरुरी देखिन्छ । देश निर्माणंका लागि मजदुरहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । मजदुरहरुको हकहित संरक्षण गरेर मजदुरको अधिकार सुरक्षित हुने किसिमको जनसंविधान बन्नुपर्ने तड्कारो आवश्यकता छ । अब बन्ने संविधानमा मजदुरहरुको सम्पूर्ण समस्याहरुलाई मध्य नजर गरी संविधानको निर्माण गरिनुपर्छ । यसका लागि मजदुरहरुको हितमा लागेका विभिन्न्न यूनियन तथा संघ-सस्थाहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्दछ ।

No comments:

Post a Comment